सिद्वलेक गाउँपालिका वडा नं. ७ भाल्डाँडामा सेवा विस्तार

  • कालिका खवर
  • शनिबार, माघ ५, २०८१
  • धादिङ । सिद्धलेक गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ माघ ४ गते वडा नं. ७, भाल्डाँडामा हप्तामा १ वा २ दिन सेवा विस्तार गर्नका लागि वडा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यालयको उद्घाटन सिद्वलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गर्नुभएको हो। स्थानीय नागरिकहरूलाई नजिकबाट सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा विस्तार गरिएको अध्यक्ष खतिवडाले बताए। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, गाउँपालिका सदस्यहरू, तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

    यस कदमले स्थानीय तहको सेवा पहुँचलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs