
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (माघ ५, २०८१) को मौसम पूर्वानुमान यसप्रकार छ:
दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति: कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले स्वास्थ्य, यातायात र हवाई उडानमा असर पर्न सक्ने सम्भावना छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ। दिउँसो मौसम सफा रहनेछ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।