रौतहटमा ६ महिनामा अढाई करोड बराबरको अवैध सामान बरामद, ६६ तस्कर पक्राउ

  • कालिका खवर
  • शनिबार, माघ ५, २०८१
  • अनिकेत कुमार पुरी, बीरगञ्ज, ५ माघ,पर्सा। जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो ६ महिनाको अवधिमा झण्डै अढाई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गर्दै ६६ जना तस्करलाई नियन्त्रणमा लिएको छ। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा राजस्व संकलनदेखि आपराधिक क्रियाकलाप नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ।

     

    तस्करी नियन्त्रणमा ठूलो सफलता

     

    साउनदेखि पुस मसान्तसम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी भन्सारमा बुझाइएको छ। यस क्रममा तस्करीमा प्रयोग भएका २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई-रिक्सा, १०८ थान मोटरसाइकल, र १४ थान साइकिल पनि नियन्त्रणमा लिइएको छ।

     

    अपराधमा संलग्न पक्राउ र कारवाही

     

    हुण्डी कारोबारमा संलग्न तीन जनालाई १५ लाख रुपैयाँसहित पक्राउ गरिएको छ। चोरीमा संलग्न २४ जनालाई नियन्त्रणमा लिएर २ थान स्कार्पियो र २१ वटा मोटरसाइकल बरामद गरिएको छ।

     

    मुद्दा दर्ता र फर्छौटमा प्रगति

     

    पछिल्लो ६ महिनामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागूऔषध, हातहतियार र चोरीजस्ता मुद्दाहरूमा उल्लेखनीय सुधार देखिएको छ।

     

    कर्तव्य ज्यान: ९ मुद्दा दर्ता, ५ फर्छौट।

     

    जबर्जस्ती करणी: १३ मुद्दा दर्ता, ६ फर्छौट।

     

    लागूऔषध: १५ मुद्दा दर्ता, १४ फर्छौट।

     

    हातहतियार: ६ मुद्दा दर्ता, ५ फर्छौट।

     

    चोरी: ३८ मुद्दा दर्ता, सबै फर्छौट।

     

     

    वन सम्पदा र नदीजन्य पदार्थको संरक्षण

     

    राष्ट्रिय तथा सामुदायिक वनबाट अवैध रूपमा कटान गरी ल्याइएको ११८ क्यूफिट सालको काठ, ३ ट्रली बालुवा, र २३ सवारीसाधन नियन्त्रणमा लिइएको छ। यसबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

     

    सवारी साधन कारवाहीमा ६८ लाख राजस्व संकलन

     

    रौतहटस्थित ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम विपरीत सञ्चालन भएका सवारी साधनहरूलाई कारवाही गरेर ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ।

     

    264 फरार अभियुक्त पक्राउ

     

    एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत ६ महिनामा २६४ जनालाई पक्राउ गरिएको छ।

     

    रौतहट प्रहरीको सक्रियता र सुधारात्मक कदमले जिल्लामा शान्ति सुरक्षा र आर्थिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs