एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा

  • कालिका खवर
  • सोमवार, माघ ७, २०८१
  • पोखरा ।  नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ । सो पार्टीले विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबर बसेको १६ औँ सभा बहिष्कार गरेको हो ।

    बैठक सुरु भएपछि एमाले तर्फका जनप्रतिनिधिहरु उठेर विरोध जनाएका थिए ।  त्यसपछि उनीहरु बहिष्कार गर्ने भन्दै बैठक हलबाट बाहिरिएका हुन् । कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका छन् । बैठक सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs