प्रहरी उपरीक्षक कुमोध ढुंगेलद्वारा इलाका प्रहरी कार्यालय पोखरियाको निरीक्षण भ्रमण सम्पन्न

  • कालिका खवर
  • सोमवार, माघ ७, २०८१
  • अनिकेत कुमार पुरी, बीरगञ्ज, माघ ७ गते सोमबार पर्सा। मिति २०८१ माघ ७ गते जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले इलाका प्रहरी कार्यालय पोखरिया, पर्साको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा वहाँले कार्यालयका सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको निरीक्षण गर्नुभएको थियो।

     

    निरीक्षणपछि आयोजित कार्यक्रममा मातहतका कार्यालय प्रमुखहरू, प्रहरी अधिकृतहरू र जवानहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ढुंगेलज्यूले संगठनले दिएको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न र व्यवसायिक जिम्मेवारी बहन गर्दा आउने चुनौतीहरूलाई न्यायिक रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।

     

    वहाँले प्रहरी कर्मचारीहरूलाई अनुशासन पालना गर्दै, भातृत्व भावसहित सभ्य र जनमैत्री सेवा प्रदान गर्नुपर्ने निर्देशन दिनुभयो। साथै, प्रहरी संगठनप्रति जनतामा विश्वास कायम गर्न र संगठनको अपेक्षाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ।

     

    जिल्ला प्रहरी प्रमुखको हैसियतले, ढुंगेलज्यूले मातहतका सबै प्रहरी युनिटहरूसँग सहकार्य गर्दै, प्रहरी कर्मचारीहरूको दुःखसुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

     

    उहाँको भ्रमणले प्रहरी संगठनमा सुधार र प्रभावकारी सेवा प्रवाहका लागि थप ऊर्जा प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs