सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • शुक्रबार, माघ ११, २०८१
  • काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

    यसअघि बुधबार भने सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको थियो ।यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs