
काठमाडौं । संगठनमा लामो समयदेखि सक्रिय रहेका गौरव सेढाईले विद्यार्थी आन्दोलन र संगठन निर्माणमा उल्लेखनीय योगदान पुर्याउने संकल्पसहित केन्द्रीय निर्वाचन आयोगको सचिव पदमा उम्मेदवारी दिएका छन्। उनले संगठनलाई थप सुदृढ बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियामा सहमति जुट्न नसकेपछि चुनाव हुने तय भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकमा क्रान्तिकारीका पदाधिकारीबारे सहमति कायम गर्न नसकिएपछि चुनावको तयारी सुरु गरिएको हो।
मंगलबार खुमलटारमा बसेको पदाधिकारी बैठकले नयाँ नेतृत्व चयनका लागि चुनावमै जाने निर्णय गरेको छ। सहमतिको प्रयास असफल भएपछि अब नेतृत्वका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइने निर्णय गरिएको छ।
पार्टीभित्रको आन्तरिक एकताका लागि नेतृत्व चयनमा सहमति आवश्यक भए पनि भिन्न धारणा र विचारका कारण सहमति जुट्न नसकेको बताइएको छ। अब हुने चुनावले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।