नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पर्यटन शाखामा नयाँ कार्यसमिति चयन

  • कालिका खवर
  • शुक्रबार, माघ ११, २०८१
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उद्योग तथा व्यवसायी महाशाखाअन्तर्गत पर्यटन शाखाले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। शुक्रबार काठमाडौंको ठमेलस्थित गार्डेन होममा सम्पन्न शाखाको दोस्रो सम्मेलनले राजकुमार धमलाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो।

    नयाँ कार्यसमितिमा दावा लामा, प्रमिला देवकोटा पाण्डे, र गुणराज श्रेष्ठ उपाध्यक्षका रूपमा चयन हुनुभएको छ। सचिवमा माधव कुमार धमला, सहसचिवमा राजन लामिछाने, र कोषाध्यक्षमा हर्क गुरुङ चयन हुनुभएको छ।

    त्यस्तै, कार्यसमिति सदस्यहरूमा तुलराज तामाङ, होम विश्वकर्मा, विष्णु थापा, नवराज बोहोरा, धन प्रसाद अमगाई, सन्दिप तिवारी, सुरेन्द्र धमला, धन अमगाई, राजेश थपलिया, मेरे कार्की, बद्री पोखरेल, रमेश विक, र डा. विमला दाहाल रहनुभएको छ।

    सम्मेलनमा सहभागी नेता तथा सदस्यहरूले नयाँ कार्यसमितिले पर्यटन क्षेत्रको विकास र सम्बद्ध व्यवसायीको हकहितका लागि विशेष योगदान दिने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs