अनिकेत कुमार पुरी,माघ ११, पर्सा। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यज्यूले मिति २०८१।१०।११ गते, समय १६:१० बजे जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन तथा निरीक्षण सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा डीआईजी आचार्यज्यूले कार्यालयको सेवा प्रवाह प्रणाली, शान्तिसुरक्षा व्यवस्था, र प्रशासनिक क्रियाकलापहरूबारे विस्तृत जानकारी लिंदै, नागरिकलाई गुनासो रहित र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ। उहाँले प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न थप जिम्मेवार र सतर्क रहन तथा जनताको विश्वास जित्न पारदर्शीता र इमानदारीका साथ काम गर्न आग्रह गर्नुभएको छ।
यस क्रममा, कार्यालयका कर्मचारीहरूले कार्यसम्पादन प्रक्रियाका चुनौती र हालका गतिविधिहरूबारे डीआईजीज्यूलाई अवगत गराएका थिए। निरीक्षणले प्रहरी प्रशासनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै, स्थानीय नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
शान्ति र सुव्यवस्था कायम गर्न रौतहट प्रहरी कार्यालयमा भएको यो अनुगमन महत्वपूर्ण ठहरिएको छ। यो पहलले प्रहरी सेवामा गुणात्मक सुधार गर्दै समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।