बालविवाह मुक्त अभियानमा बागमती प्रदेश सरकारको प्रतिबद्धता

  • कालिका खवर
  • शुक्रबार, माघ ११, २०८१
  • हेटौँडा: बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपाल निर्माण गर्न प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। आज मुख्यमन्त्री कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा उनले बालविवाह मुक्त अभियानमा सरकारको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकासँग प्रतिज्ञा पत्रमा हस्ताक्षर गरे।

    मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारले बालविवाह अन्त्यका लागि नीति तथा कानुन तयार गरिसकेको जानकारी गराउँदै आगामी दिनमा स्थानीय तहमा समेत यस विषयलाई प्राथमिकता दिइने बताए।

    “हामीले यसअघि नै कानुन बनाइसकेका छौँ, स्थानीय तहहरूमा पनि नीति र कानुन बनाउँदैछौँ,” मुख्यमन्त्री लामाले भने, “कानुनी र संवैधानिक रुपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ।”

    उनले बालविवाह रोकथामका लागि अभिभावक, शिक्षक, स्थानीय तह र सामाजिक संस्थाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षले एकजुट भएर काम गर्न आग्रह गरे।

    यस अवसरमा बालबालिकाहरूले बालअधिकार सुनिश्चित गर्न सरकारलाई थप जिम्मेवार र सक्रिय हुन अनुरोध गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs