पर्साका एसपी ढुंगेलकाे सरुवा, पर्सामा एसपी मिश्र आउँदै

  • कालिका खवर
  • शनिबार, माघ १२, २०८१
  • वीरगंज – पर्साका प्रहरी उपरीक्षक(एसपी) कुमाेध ढुंगेलकाे सरुवा भएकाे छ।प्रहरी प्रधान कार्यालयले शुक्रबार १७ जना प्रहरी उपरीक्षकहरुकाे एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ढुंगेलकाेपनि सरुवा भएकाे हाे।

    विगत ११ महिनादेखि पर्सामा कार्यरत ढुंगेलकाे प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा नक्शाल काठमाडौंमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेकाे सरुवाकाे सुचनामा उल्लेख छ।ढुंगेल पर्सामा २०८० फाल्गुन २ गते सरुवा भई आएका थिए।

    यस्तै पर्सामा अब ढुंगेलकाे ठाउँमा प्रहरी उपरीक्षक गाैतम मिश्रआउने भएका छन् ।हाल प्रहरी प्रधाा कार्यालयकाे मानव बेचबिखन अनुसन्धान ब्युराे काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक मिश्रलाई प्रहरी प्रधान कार्यलयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेको हाे ।त्यसअघि उनि जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षकका रुपमा कार्यरत थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs