वीरगञ्जमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक गम्भीर घाइते

  • कालिका खवर
  • बुधबार, माघ २३, २०८१
  • अनिकेत कुमार पुरी, बीरगञ्ज,माघ २३, पर्सा – वीरगञ्ज महानगरपालिका–१४ गण्डक चौकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

     

    बारा जिल्लाको परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको मधेस प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

     

    प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार दुर्घटनामा परी बाराको प्रसौनी गाउँपालिका–४ का २२ वर्षीय मधु सुक्ला गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा लगिएको छ, जहाँ उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

     

    त्यस्तै, स्कुटरमा सवार अर्को व्यक्ति सामान्य घाइते भएका छन्।

     

    दुर्घटनापछि ट्रकका चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ का ४१ वर्षीय पूरण सिंह लोलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनामा संलग्न ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको डिएसपी लम्सालले जानकारी दिएका छन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs