बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • कालिका खवर
  • बिहिबार, माघ २४, २०८१
  • बुटवल । बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको  छ। बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो ।

    टिप परको ठक्करबाट गम्भीर घाइते उनको मृत्यु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको पण्डितले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs