ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदका लागि कर्जा प्रवाह गर्ने

  • कालिका खवर
  • बिहिबार, माघ २४, २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरूलाई क्यामरा खरिदका लागि बिना धितो कर्जा उपलब्ध गराउने भएको छ।

    बैंकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

    समझौता अनुसार, बैंकले फोटो पत्रकारहरूलाई रु २ लाखदेखि ५ लाखसम्म बिना धितो कर्जा प्रवाह गर्नेछ। साथै, कर्जाको भुक्तानी ६ महिनादेखि १८ महिनासम्म सहज किस्ताबन्दीमा गर्न सकिने व्यवस्था गरिएको छ।

    कर्जा लिन इच्छुक फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा बैंकमा सम्पर्क गर्नुपर्नेछ।

    ग्लोबल आइएमई बैंक: नेपालको सर्वश्रेष्ठ बैंक

    ग्लोबल आइएमई बैंकलाई हालै ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” तथा युरो मनी “अवार्ड फर एक्सलेन्स २०२४” बाट सम्मानित गरिएको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट पनि विभिन्न विधामा सम्मान प्राप्त गरेको छ।

    नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकसँग हाल ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन्।

    बैंकको अन्तर्राष्ट्रिय सेवा

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाका साथै विश्वभरबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs