
काठमाडौं । गायिका निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत ‘सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन्। जीवनका सुख–दुःखको संगालो प्रस्तुत गर्ने यो गीतलाई डाक्टर किरांतले लेखेका हुन्। साथै, यस गीतमा संगीत पनि उनले नै भरेका छन्।
गीतमा सागर संसारको संगीत संयोजन रहेको छ भने, यसलाई बोधी एचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतको भिडियो गोपाल कटुवालको निर्देशनमा तयार पारिएको हो। भिडियोमा समिता गिरि र भबिष्य कार्कीको अभिनय रहेको छ। यसैगरी, भिडियोको छायांकन शिव ढकालले गरेका छन् भने सम्पादन राम प्रसाद चौधरीले गरेका हुन्।
गीत सुन्न र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
सलल बग्छ खोला यो