
टोखा, काठमाडौं । टोखा वडा नं. ३ ढलमलटारमा पानीको डीप बोरिङ आयोजना उद्घाटन गरिएको छ। धमलटार युवा क्लबको पहल, टोखा नगरपालिकाको सहकार्य तथा सम्पूर्ण टोलवासीहरूको सक्रिय सहभागितामा सम्पन्न यो आयोजनाले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको सहज उपलब्धता गराउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष क. ईश्वर पोखरेल, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उप प्रमुख मुरारी तामाङ, वडा नं. ३ का वडा अध्यक्ष रमेश डङ्गोल तथा वडा सदस्यहरु एवं स्थानीय अगुवाहरूको उल्लेखनीय भूमिका रह्यो।
शुभारम्भ कार्यक्रममा नगरप्रमुख अधिकारीले स्थानीय बासिन्दाको सुविधाका लागि पानीको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउँदै यस परियोजनाले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उपप्रमुख मुरारीले नगरपालिकाले जनताको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
स्थानिय बासिन्दाले पनि यस योजनालाई स्वागत गर्दै पानीको नियमित आपूर्तिबाट दैनिक जीवन सहज हुने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रमका क्रममा अन्य जनप्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।
तस्विरहरु