ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

  • कालिका खवर
  • शुक्रबार, माघ २५, २०८१
  • काठमाडौं : ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ । ‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्छन्’, बोहोराले भने । मदिरा पिएको ५/६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs