अनिकेत कुमार पुरी, बीरगञ्ज,माघ २६, पर्सा।पर्सा जिल्ला अन्तर्गत पटेर्वा सुगौली गाउँपालिका-२ मकवानीमा ३५ वर्षीय चाँदनी देवी बाघको आक्रमणबाट घाइते भएकी छिन्। आज ३:३० बजे तिर चाँदनी देवी ७ बिघा भन्ने स्थानमा घाँस काटिरहेको बेला बाघले आक्रमण गरेको हो।
अचानक जंगली बाघले आक्रमण गर्दा उनको अनुसार र बाँया हातमा गहिरो चोट लागेको बताइएको छ। घटनालगत्तै चाँदनी देवीलाई वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ भने उपचारमा उनको परिवारजन संलग्न छन्। थप जानकारीका लागि आफन्तलाई सम्पर्क गर्न ९८११६९४११४ मा सम्पर्क गर्न सकिनेछ।
बाघ जंगलतर्फ भागिसकेको हुँदा स्थानीयमा त्रास फैलिएको छ। वन कार्यालयले बाघको खोजी कार्य प्रारम्भ गरिसकेको र स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।
वन्यजन्तुको सुरक्षित आवास क्षेत्रको अभाव र मानव-वन्यजन्तु द्वन्द्वका कारण यस्ता घटनाहरू बारम्बार दोहोरिन थालेका छन्। स्थानीय प्रशासन र वन कार्यालयले यस विषयमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।
यो समाचारले वन्यजन्तु संरक्षण र मानव सुरक्षा दुवैमा गम्भीर ध्यान दिनुपर्ने सन्देश दिन्छ।