निर्मला घिमिरे निरूको नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज

  • कालिका खवर
  • बुधबार, फाल्गुन ७, २०८१
  • काठमाडौं । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो। सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् ।
    सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ ।
    सागर संसारले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो ।
    भिडियोमा झरना रिसाल तथा रमेश चन्दको अभिनय रहेको छ ।
    शिव ढकालको छायाँकन गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका हुन् ।

    रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोमा रुमेश कटवाल कार्यकारी निर्माता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs