जब ट्रम्पले जेलेन्स्कीलाई ‘ह्वाइट हाउस’ छाड्न भने…

  • कालिका खवर
  • शनिबार, फाल्गुन १७, २०८१
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोदिमिर जेलेन्सकीबीच वार्ता हुने भनेपछि विश्वको ध्यान ह्वाइट हाउसमा केन्द्रित थियो।

    युक्रेनका राष्ट्रपति शुक्रबार ह्वाइट हाउसबाट खुसी हुँदै बाहिर निस्कने अपेक्षामा युरोप र विश्वले गरेको थियो। उनले डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्ता गर्ने र अमेरिका-युक्रेन बीचको खनिज सम्झौतामा हस्ताक्षर गरी अमेरिकालाई आफ्नो देशको भविष्यमा वास्तविक हित दिलाउने योजना बनाएका थिए, चाहेजस्तो सुरक्षा प्रत्याभूति नभए पनि।

    तर अवस्था बिल्कुलै फरक रह्यो। राष्ट्रपतिका रूपमा रहेका डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भ्यान्सले वर्षौंदेखि अमेरिकाले दिएको समर्थनका लागि अझ बढी आभार व्यक्त गर्नुपर्ने भन्दै भोलोदिमिर जेलेन्स्कीलाई विश्वभरका सञ्चारमाध्यमहरू सामु तीव्र आलोचना गरे।

    जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविरामको समझदारी गर्न अझ बढी प्रयास गर्नुपर्ने अमेरिकी सुझावलाई अस्वीकार गरे। यसको प्रतिउत्तरमा ट्रम्प र भ्यान्सले उनलाई ‘असहमति देखाउने’ अर्थात् ‘अपमानजनक’ भएको आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs