अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ३०, २०८१
  • काठमाडौँ । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् ।

    अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगन्जको लालपर्साबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । उनले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ ।

    उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।  कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs