बारा जिल्लामा शान्तिपूर्ण रूपमा होली पर्व सम्पन्न, ८२ सवारी साधन नियन्त्रणमा

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ३०, २०८१
  • बारा। बारा जिल्लामा यस वर्षको होली पर्व शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्गको नेतृत्वमा व्यापक सुरक्षा व्यवस्था गरिएको थियो, जसअन्तर्गत जिल्लाभर प्रहरी टोली परिचालन र अनुगमन गरियो।

    प्रहरीका अनुसार होली पर्व उल्लासमय वातावरणमा सम्पन्न भए पनि केही सवारी नियम उल्लङ्घनका घटनाहरू दर्ता भएका छन्। सवारी नियम उल्लङ्घन गरी चलाइएका ८२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने सामान्य विवादका कारण नियन्त्रणमा लिइएका ६ जना व्यक्तिहरूलाई सम्झाई बुझाई छोडिएको छ।

    जिल्ला प्रहरी कार्यालय बाराले होली पर्व मर्यादित रूपमा मनाउनका लागि जनप्रतिनिधिहरू, समाजसेवी, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको सहयोगको प्रशंसा गरेको छ। साथै, आगामी दिनहरूमा पनि कानूनको पालना गरी चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बारा धन्यवाद ज्ञापन

    जिल्ला प्रहरी कार्यालय बाराले शान्तिपूर्ण होली पर्व सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधिहरू, स्थानीय बासीहरू, सामाजिक अभियन्ताहरू, सञ्चारकर्मीहरू तथा सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs