महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद परियार

  • कालिका खवर
  • बिहिबार, चैत्र ६, २०८१
  • काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे नेपाली कांग्रेसका सांसद जीवनबहादुर परियारले घोर भत्र्सना गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरेका छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक (डोम) को घर भत्काएको भन्दै सांसद परियारले आपत्ति जनाएका हुन् ।

    महायज्ञका लागि त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ । ‘विभिन्न जातीय विभेदका घटना घटिरहेका छन् । सिरहामा विष्णु महायज्ञ गर्ने नाममा …सहितका व्यक्तिहरूले दोङ जातिका व्यक्तिको उठिबास गरिरहेको छ,’ सांसद परियारले भने, ‘त्यसको घोर भत्र्सना गर्दछु । पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs