
काठमाडौं – जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज बस्दैछ।
उक्त बैठकमा जनमत पार्टीतर्फबाट राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान, पार्टीका प्रवक्ता डा. शरद सिंह यादव र बाल गोविन्द चौधरीको सहभागिता रहनेछ। त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीतर्फबाट माननीय गंगा चौधरी, सुनिता चौधरी र रामलाल डगोरा थारु बैठकमा सहभागी हुनेछन्।
पार्टी एकीकरणका लागि आवश्यक प्रक्रियाबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। बैठकबाट दुई दलबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।