सल्यानमा जिप दुर्घटना : १७ जना घाइते

  • कालिका खवर
  • सोमवार, चैत्र १०, २०८१
  • सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।  सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिले भन्ने ठाउँबाट श्रीनगर भन्ने ठाउँमा जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपमा चालकसहित १८ जना सवार थिए ।

    ब्रेक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । घाइतेहरूको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए । घाइतेहरूको अवस्था सामान्य नै छ । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs