
वीरगंज, वैशाख ०४,पर्सा। सिमा सुरक्षामा सधैं सक्रिय सशस्त्र प्रहरी बलले फेरि एकपटक उल्लेखनीय सफलता हात पारेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको विशेष टोलीले भारतबाट भन्सार छलि ल्याइएको रु २ करोड २१ लाख १६ हजार १ सय बराबरको अवैध सामान बरामद गर्दै राष्ट्रिय अर्थतन्त्रको सुरक्षामा अहम भूमिका निर्वाह गरेको छ।
प्राप्त विशेष सूचनाका आधारमा, वीरगंज महानगरपालिका–२ स्थित छप्कैया गाउँको गल्लीमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको जुत्ता, चप्पल, काजु, मरिच र विभिन्न प्रकारका सामान्य औषधिहरू सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो। यसबारेमा जानकारी दिँदै सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरिक्षक देबेन्द्र बहादुर सिंहले बरामद गरिएका सामानहरूलाई मिति २०८२।०१।०४ गते आवश्यक कानुनी प्रकृया पुरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बलले सिमा क्षेत्रमा हुने अवैध क्रियाकलापहरू विरुद्ध निरन्तर निगरानी राख्दै आएको छ। यस प्रकारको कडाईपूर्ण र जिम्मेवार कारबाहीले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरीको प्रतिबद्धता र दक्षता स्पष्ट रूपमा देखिएको छ।
सथानीय बासिन्दा र सरोकारवाला निकायहरूले सशस्त्र प्रहरी बलको यो सक्रियताको खुलेर प्रशंसा गर्दै सिमा सुरक्षामा थप विश्वास बढेको प्रतिक्रिया जनाएका छन्।
यस सफल अपरेशनले पुनः एकपटक प्रमाणित गरेको छ – सशस्त्र प्रहरी बल केवल सीमामा खटिएका सुरक्षाकर्मी मात्र नभई, राष्ट्रिय स्वाभिमानका सजग र निष्ठावान रक्षक पनि हुन्।