देशैभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने मेयर राईको घोषणा

  • कालिका खवर
  • शुक्रबार, बैशाख ५, २०८२
  • काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशैभरि ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन्। सामाजिसक सञ्जालमा लेख्दै उनले यस्तो घोषणा गरेका हुन्। मेयर राईले आफू र आफ्नो काम मन पराउने जति सबैलाई जोडिन आग्रह समेत गरेका छन्। साथै उनले अबको नेतृत्व आफ्नो हुने र अरूले नसक्ने भन्दै अभियानमा आउन अनुरोध गरेका छन्।

    उनले लेखेका छन्, ‘अब देशै भरि हर्क साम्पाङ अ रिभोलुसन टीम बनाउनेछौँ! मलाई मन पराउने, मेरो विचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला! मेरो अभियान मन पराउने जति सबै आउनु होला! अब म दिन्छु नेतृत्व! अरूले सक्दैन, जान्दैन! देशको माया लाग्छ भने जोडिनुहोला!’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs