
काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै टीभीएसले ग्राहकलाई लक्षित गर्दै ‘एक्सचेन्ज मेनिया’ अभियान सञ्चालन गर्न लागेको छ। नेपालमा टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले आयोजना गर्न लागेको यो कार्यक्रम वैशाख १० गतेदेखि १५ गतेसम्म काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै सञ्चालन हुनेछ।
पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी किन्न चाहने ग्राहकका लागि यो विशेष मौका भएको कम्पनीले जनाएको छ। जुनसुकै ब्रान्डका बाइक वा स्कुटर, चाहे गुड्ने होस् वा नगुड्ने, टीभीएसले उचित मूल्याङ्कन गर्दै साटफेर गर्न सकिने सुविधा दिएको छ।
विशेष अफरहरू यस्ता छन्:
- पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन
- जुनसुकै कन्डिसनको सवारीमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन
- ०% ब्याजदरमा फाइनान्स सुविधा (विशेष मोडलहरूमा)
- १८ महिनासम्म ७.९९% ब्याजदरमा फाइनान्स विकल्प
- फ्रि एक्सेसरिज: हेल्मेट, ब्याग, बाइक कभर आदि
- लाइफ टाइम वारेन्टी सुविधा
जगदम्बा मोटर्सले ग्राहकहरूलाई पुरानो सवारी सहजै साटेर नयाँ र उत्कृष्ट सुविधायुक्त टीभीएस बाइक वा स्कुटर खरिद गर्न प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताएको छ।