रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो

  • कालिका खवर
  • मङ्लबार, बैशाख ९, २०८२
  • काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि रिट संयुक्त इजलासमा पठाउने आदेश भएको हो ।

    अब अर्को पेसी कम्तीमा दुई जना न्यायाधीशको इजलासमा तोकिनेछ । सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध आइतबार रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs