पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

  • कालिका खवर
  • बिहिबार, बैशाख ११, २०८२
  • किमााथाङ्का (सङ्खुवासभा) : उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो । बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs