पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै

  • कालिका खवर
  • शनिबार, बैशाख १३, २०८२
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई शनिबार छिमेकी राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइट मार्फत भारत जान लागेका हुन् ।

    अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेको पनि उपाध्यक्ष यमीले जानकारी दिइन् । अधिवेशन भोलि आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

    अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषीयमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs