शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

  • कालिका खवर
  • शनिबार, बैशाख १३, २०८२
  • काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको छ । शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ ।

    शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाएको छ । आज बिहानमात्रै सिंहदरबारमा वार्ता पनि भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs