
काठमाडौं । विश्वको सबैभन्दा महँगो पेनको उपाधि प्राप्त गरेको ‘Fulgor Nocturnus’ ले लक्जरी लेखन सामग्रीको परिभाषा नै फेरिदिएको छ। विश्वविख्यात इटालियन कम्पनी Tibaldi द्वारा निर्मित यो पेनको मूल्य झण्डै ८ मिलियन अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) रहेको छ।
सन् २०१० मा आयोजित एक विशेष नीलामी कार्यक्रममा बिक्री भएको यो पेन कालो हीरा (Black Diamonds) र रुबी जडित हुनुका साथै सुन र अन्य मूल्यवान धातु प्रयोग गरेर बनाइएको हो। पेनमा कुल ९४६ वटा कालो हीरा र १२३ वटा रुबी प्रयोग गरिएको छ। यसको नाम ‘Fulgor Nocturnus’ को अर्थ पनि रोचक छ – जसको अर्थ हुन्छ “रातको उज्यालो चमक”।
पेनको डिजाइन र संरचना मात्र होइन, यसको कलात्मकता, विशिष्टता र दुर्लभता नै यसको अत्यधिक मूल्यको प्रमुख कारण मानिएको छ।
लेखन सामाग्रीको दुनियाँमा ‘Fulgor Nocturnus’ ले ऐतिहासिक कीर्तिमान स्थापित गरेको छ, जुन विश्वभरिका विलासी सामग्री संकलक (luxury collectors) को प्रमुख आकर्षण बन्न पुगेको छ।