‘जय श्रीराम’ भजन सार्वजनिक, भक्तिभाव र सांगीतिक सिर्जनाको उत्कृष्ट समन्वय

  • कालिका खवर
  • शनिबार, बैशाख २७, २०८२
  • काठमाडौं । हिन्दू धर्म र संस्कृतिप्रति समर्पित नयाँ भक्तिमूलक गीत ‘जय श्रीराम’ सार्वजनिक भएको छ। भक्तिभावले भरिएको यो भजन आर बि केसि को शब्द तथा संगीतमा तयार गरिएको हो, जसले नेपाली सांगीतिक दुनियाँमा आध्यात्मिक चेत र भावनात्मक ऊर्जा थपेको छ।

    भजनमा कमल ढकाल, विष्णुमाया पौडेल र शेरबहादुर बिसी प्रमुख रूपमा प्रस्तुत भएका छन्। गायनमा शेरबहादुर बिसी र विष्णुमाया पौडेलको स्वरले गीतलाई गहिरो धार्मिक भावनासँग जोड्ने प्रयास गरेको छ।

    गीतको एरेन्जिङ दिनेश राजबाहकले गरेका छन् भने द पीक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ पवन रानाभाटले सम्पन्न गरेका छन्। सम्पूर्ण गीतको छायांकनको निर्देशन आर बि केसि स्वयम्‌ले गरेका छन्, जसले गीतको संगीत र दृश्यकलाको सन्तुलनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

    सिनेमाटोग्राफी रामशरण उप्रेती र गणेश सापकोटाले सम्हालेका छन्। सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने पोस्ट-प्रोडक्सनको काम लिमेलाइट नेपालद्वारा सम्पन्न गरिएको छ।

    मेकअप आर्टिस्ट शर्मिला सुनुवार, सहायक निर्देशक दिपेश एसके, क्यामेरा सहायक उमेशबहादुर शाह रहेका छन्। गीतको निर्माणमा विशेष योगदान गर्ने व्यक्तिहरूलाई विशेष धन्यवाद दिइएको छ, जसमा इन्दिरा ढुंगाना, तेजकुमारी भण्डारी, राधा लुइँटेल, कविता सिवाकोटी, सावित्री भण्डारी, तुलसा गौतम, रामेश्वरी त्रिपाठी, सीता लुइटेल, राधिका चौलागाईं र बतिसपुतलीस्थित श्रीराम मन्दिर परिवार प्रमुख छन्।

    गायन र प्रशासन दुवैमा समर्पित
    उक्त गीतमा स्वर दिने शेरबहादुर बिसी हाल टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। आफ्नो प्रशासनिक जिम्मेवारीसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय बिसीले गायनमार्फत समाजमा धार्मिक र नैतिक चेतना फैलाउने प्रयास गर्दै आएका छन्।

    ‘जय श्रीराम’ भजनले नेपाली समाजमा धार्मिक गीतहरूको महत्व अझ बढाउने विश्वास गरिएको छ।

    भिडियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs