सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

  • कालिका खवर
  • सोमवार, जेष्ठ ६, २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।

    आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs