सर्लाही जाँदै गरेकाे भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ७, २०८२
  • हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ । आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथकाे छैसठ्ठी माेडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

    दुर्घटना भएकाे गाडी सल्लाको रूखमा अड्किएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारकाे लागि हेटाैंडा अस्पताल ल्याइएकाे छ ।

    घटनास्थलमा रहेकाे प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चाैकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs