गभर्नर सिफारिस समितिकाे बैठक सुरु

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ७, २०८२
  • काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुनुहुन्छ । अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ । राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs