
डोल्पा । जिल्लाको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युले नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवलाई जुफाल विमानस्थलमा औपचारिक स्वागत गरेका छन्।
उक्त अवसरमा नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर शाहीसहित स्थानीय जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। राजदूत श्रीवास्तवको स्वागतका क्रममा स्थानीय संस्कृति झल्काउने कार्यक्रम समेत आयोजित गरिएको थियो।
राजदूत श्रीवास्तवको यो भ्रमण डोल्पा जिल्लामा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।