नारायणगढ–मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो, ७ जना घाइते

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ९, २०८२
  • चितवन । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर–२९ गाईघाटमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।

    आज बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रक चालकसहित ७ जना घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, दुवै सवारीसाधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs