नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच अनलाइन धितो रोक्का/फुकुवा प्रणाली सम्बन्धी सम्झौता

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ९, २०८२
  • काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा गर्ने सम्बन्धमा औपचारिक सम्झौता सम्पन्न भएको छ।

    सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्।

    यस सम्झौतापछि काठमाडौं उपत्यकाभित्र कोषद्वारा प्रदान गरिने आवास तथा सरल कर्जासम्बन्धी धितो रोक्का र फुकुवा प्रक्रिया पूर्णरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ।

    कोषले अनलाइन प्रणाली लागू भएसँगै कर्जा सम्बन्धी सेवा छिटो, छरितो र प्रभावकारी हुने विश्वास लिएको जनाएको छ। सेवाग्राहीले अब समय र स्रोत दुबै बचत हुने गरी डिजिटल माध्यमबाट सेवा प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs