एमाले नेता जालिम मियाँको संरक्षणमा राँगाभैंसी तस्करी, सुरक्षा निकायको मिलेमतोमा खुलेआम अवैध कारोबार

  • कालिका खवर
  • शनिबार, जेष्ठ ११, २०८२
  • वीरगंज । एमाले नेता जालिम मियाँ मंसुरीको संरक्षण र सीमामा खटिएका प्रशासनको मिलेमतोमा अवैध राँगाभैसी खुलेआम तस्करी भइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पाहुच रहेको धाक लगाउदै एमाले नेता जालिम मियाँ मंसुरीको कान्छो छोरा जफिर मियाँले दिनदहाडै तस्करी धन्दा चलाइरहेको समाचार प्राप्त भएको छ ।

    पर्सा जिल्लाको पश्चिमी ग्रामिण भेग आसबारी, जानकीटोला र पाण्डेपुर  नाकाहरूबाट अवैध रूपमा भारतीय राँगा, पाडा तथा भैंसीहरु नेपाल तर्फको बजारमा भित्रने क्रम बढेको छ।

    जगरनाथपुर गाउँपालिका -४ जगरनाथपुर निवासी एमाले नेता जालिम मियाँ मंसुरीको कान्छो छोरा जफिर मियाँले आफ्नै गाउँमा संचालन गर्दै आएका जगरनाथपुर पशु बजार नामक पशु हार्ट बजारमा शक्तिकेन्द्रकै आडमा भारतबाट अवैध रूपमा ल्याइएका तस्करीको राँगाभैसीहरु खुलेयाम खरिद बिक्री वितरण भइरहेको छ।

    सातामा आइतबार र बिहीबारका दिन लाग्ने पशु बजारमा ठुलो संख्यामा भारतीय सीमावर्ती गाउँहरूबाट आउने राँगाभैसीहरूको भरमा जगरनाथपुर बजार टिकेको स्थानीयहरुले बताए।

    सीमावर्ती भारतीय गाउँ गाउँबाट सस्तो मुल्यमा राँगाभैंसी खरिद गरेर उनीहरुले अबैध नाकाबाट तस्करी गरी नेपालमा महंगो मुल्यमा बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । त्यसरी भित्रिने राँगाहरु नेपालमा मासुका लागि खपत हुन्छन् ।

    उनका अनुसार जगरनाथपुरको पाण्डेपुर, जानकीटोला र बिजवनिया हुँदै शनिवार र बुधबार रातिसम्म आइतबार र विहीबार बजारका लागी पाँच/पाँचवटा ट्रकमा लोड हुनेगरि पाडा (रांगा) तस्करी भइरहेको छ ।

    एकवटा ट्रकमा ३० वटासम्म पाडा अटाउँछन् एकहप्तामा ५/५ वटा गरी १० वटा ट्रक लोड भएर यहाँबाट जानेगरेको हप्ता दिन मै तिनसय बढी पाडा जगरनाथपुर वरपर कहाँबाट कसरी उत्पादन भइसक्छ ? नेपाल भेटनरी काउन्सिलमा दर्तावाल प्राइभेट पशु चिकित्सकहरुले भेटनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको छ । हातोहात पैसा लिएर स्वास्थ्य प्रमाणित गरिदिने र प्रहरीले तस्करी गर्न छुट दिएकाले हप्तैपिच्छे तस्करी बढेको स्थानीय बताउँछन् ।

    सशस्त्र प्रहरीको अन्तर्राष्ट्रि सीमानामा रहेका बोर्डर आउट पोष्ट र प्रहरी चौकी अगाडीबाटै रातिराति अवैध राँगाको लस्कर नेपालतर्फ भित्रियाउने गरेको छ भने दिनको समयमा २/२  ४/४ वटा गरेर कटाउने गरेको छ ।

    यस्ता राँगाभैसीहरुलाई डोर्याएर लैजान बजार संचालक जफिर मियाँले तिन दर्जन बढी व्यक्तिहरूलाई दैनिक मासिक तथा ज्यालामजदुरी काममा लगाएका छन्। नेपाल भित्र्याए पछि नेपालको वा भारतको भनेर चिन्न नसकिने भएका कारण पनि भारतबाट ल्याइएका राँगाभैसीहरूलाई नेपाली गाउँबाट खरिद गरेको देखाएर उनीहरुलाई नेपाली पशु प्रमाणित गरिन्छ ।

    त्यसपछि उनीहरुलाई एमाले नेता जालिमका छोरा जफिर मियाँले कीर्ते भेटनरी प्रमाणित गराई पशुबजारबाट खरिदबिक्री गरेर नेपालको राजधानी काठमाण्डौं लगायतका शहरमा सजिलैसँग पठाउने गरेको बताइन्छ ।

    उनले सो क्षेत्रका राजनीतिक दलका उच्च नेतृत्वदेखि जिल्ला तथा केन्द्रका हाइप्रोफाइल नेता, सुरक्षा संयत्र, प्रशासकसम्मलाई प्रभावमा पारेर निर्वाध अवैध गोरखधन्दा चलाउँदै आएको सुरक्षाकर्मीहरु नै बताउँछन् ।

    नेकपा एमालेका नेता जालिम मियाँको कान्छो छोरा जफिर मियाँलाई तस्करीमा जफिरका साथी मन्सफ मियाँले सहयोग गरिरहेका छन ।  मन्सफ मियाँलाई गाइड जस्तै रेखदेख गर्ने सम्पुर्ण जिम्मा दिइएको छ ।

    जालिमका छोरा जफिरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीदेखि पर्सासम्मका एसपीहरु, पशु क्वारेन्टाईन, आन्तरिक राजस्व कार्यालय, वीरगंज भन्सार कार्यालयलाई समेत हातमा लिएर काम गर्दै आएको स्रोतको दाबी छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरीका सादा पोशाकका प्रहरीहरू मार्फत् बजार सञ्चालक र पाडा व्यवसायीहरूबाट रकम असुल गर्ने गरिएको छ। त्यसवापत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले पनि यसरी हुने पाडा तस्करी प्रति मौनता देखाएका छन्।

    भैसी बजार सञ्चालक जफिरले प्रहरी, प्रशासन तथा सरोकारवाला निकायलाई आफ्नो प्रभावमा पारेरका छन्। खुलेयामा रूपमा तस्करीबाट नै बजार मौलाउँदै गरे पनि सरोकारवाला निकायहरू सबै मौन बसेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs