
वीरगंज – नेकपा (एकिकृत समाजवादी )पर्साको प्रथम जिल्ला बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकले पार्टीलाई थप मजबुद र गतिशिल बनाउँने निर्णय गरेको छ ।
बैठकले पार्टीलाई नयाँ गठले अगाडी बढाउँन १९ सदस्यी जिल्ला सचिवालय कमिटी गठन गरेको छ । त्यसैगरी पर्सा जिल्लाका सबै पालिकाहरुमा कमिटी विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले पार्टीमा देखिएका अनुशासनहिन तथा आराजग गतिबिधि गर्नेहरुमाथी कारवाही गरेको छ ।
बैठकले पार्टीका जिल्ला कमिटी सदस्य राघव साह तथा युवा संघ केन्द्रिय सदस्य एवं जिल्ला कमिटी सदस्य अनिल पटेललाई कारवाही स्वरुप पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको पर्सा सचिव गंगा खड्काले बताए ।
साथै बैठकले पार्टीको काम कारवाहीलाई व्यवस्थित ढङ्गले अगाडी बढाउँनका लागि बैंकमा खाता संचालन गर्ने तथा कार्यालय समेत व्यवस्थित गर्ने निर्णय भएको पर्सा जिल्ला कमिटीका उप–सचिव मंजुर आलमले बताए ।
पार्टीका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश सह इन्चार्ज नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा पर्साका सहइन्चार्ज एवं केन्द्रीय सदस्य मनोज चौधरी,लेखाआयोगका सदस्य किशोरी कुशवाहा,प्रदेश कमिटीका सदस्य रामेश्वर धानुक,प्रभु कुर्मी,बृज यादव,सुबेदार यादव लगायतको उपस्थिती रहेको थियो । बैठकको सहजिकरण पार्टीका जिल्ला सचिव गंगा खड्काले गरेका थिए ।