मैले गृह मन्त्रालयको नेतृत्व लिएपछि नीतिगत सुधारका प्रयास गरिरहेको छु : गृहमन्त्री लेखक

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २८, २०८२
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको सुधारको लागि आफूले काम गरिरहेको दाबी गरेका छन् । उनले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालेको बताएका हुन् । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आफूले मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लागेको र यो बीचमा थुप्रै नीतिगत सुधारको काम भएको लेखकको दाबी छ ।मन्त्री लेखकले भने,‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs