बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक सुरु

  • कालिका खवर
  • बुधबार, बैशाख २०, २०८०
  • काठमाडौं । सत्तारुढ गठबन्धन दलका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

    बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति लगायत दलका नेता सहभागी छन् ।

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) सरकारमा सहभागी हुन चाहे दिनेलगायत मन्त्रालयका भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs