विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन् ।
बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो । भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन् ।