सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं : सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो।

    नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ।

    बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको थियो।

    मंगलबारको तुलमाना बुधबार एकै दिन सुनको मूल्यमा १५०० बढेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs