पार्टी सुधार गरी अघि बढ्नुको विकल्प छैन : महामन्त्री थापा

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन्।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका हुन्।

    उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए।

    अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको थापाको भनाइ छ। उनले चुनावअघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे।

    उनले नेतृत्वले ठीक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तबरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs