रेमिटेन्स पठाउनेलाई आइपिओमा आरक्षण

  • कालिका खवर
  • आइतवार, असार ५, २०७९
  • वैदेशिक रोजगारीमा रहेकाहरूले वार्षिक रूपमा निश्चित रकम रेमिटेन्स पठाएको आधारमा मात्रै प्राथमिक सेयर निष्काशन (आइपिओ)मा दिइन लागिएको आरक्षणमा सहभागी हुन पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले यसको लागि कार्यविधि बनाइरहेको छ।

    ‘अहिलेलाई वार्षिक करिब एक लाख रुपैयाँ रेमिटेन्स पठाएकाहरूले आरक्षण सहितको यस योजनामा सहभागिता पाउने गरी कार्यविधि बनाउने तयारी गरिरहेका छौं,’ कार्यविधि निर्माण समितिका एक सदस्यले भने, ‘यस्तो रेमिटेन्स रकमको टुंगो लाग्न बाँकी छ। तर सेयरमा आरक्षण पाउन रेमिटेन्समा केही न केही योगदान गरेको भने हुनुपर्नेछ।’

    मुलुकको विदेशी मुद्रा सञ्चितिमा ह्रास आएसँगै यस्तो मुद्रा भित्र्याउने विभिन्न उपायमध्ये सेयरमा आरक्षणको अभ्यास गरिन थालिएको हो। आगामी आर्थिक वर्षको लागि पेश भएको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने उल्लेख गरिएको छ। आरक्षण दिइने कोटा बजेटमा घोषणा भए अनुसार नै हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs