राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

  • कालिका खवर
  • मङ्लबार, असार ७, २०७९
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उनले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे ।

    पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । “दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ”, उनले भन्नुभयो । सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs