जनार्दनको कारण अर्थ सचिव मरासिनीको सरुवा

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।

    मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

    अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफेर गरेको आरोप लागेर विवादित भएपछि मरासिनी शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने भन्दै बिदामा बस्नुभएको थियो । शर्माले मन्त्रीबाट राजीनामा दिएपछि उहाँ मन्त्रालयमा जानुभएको थियो । शर्मा पुनः अर्थ मन्त्रीमा नियुक्त भएपछि पनि उहाँलाई स्वागत गर्न मरासिनी जानुभएको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs